+
Search

ताजा अपडेट +

पपुलर +

भोलि हुने साफ च्याम्पियनशिपको फाइनलमा मैदानबाटै टिकट बिक्री गरिने

सजिलोपाना
२०८१ कार्तिक १३, मंगलवार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनशिपको फाइनल खेलमा भौतिक टिकटमात्रै बिक्री गर्ने भएको छ । बुधबार दशरथ रङ्गशालामा हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलका लागि एन्फाले अनलाइन टिकटको सुविधा नदिने भएको हो ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि एन्फाले फाइनल खेलको टिकट बिक्री रोकेको थियो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फाले अब आफै भौतिक रूपमा टिकट बिक्री गर्ने जानकारी दियो ।

टिकट बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी हेडक्वाटरको गेटबाट बिक्री गरिने छ ।

भौतिक रूपमा पनि १२ हजार टिकट मात्र बिक्री हुने जनाइएको छ । यसअन्तर्गत साधारणतर्फ ५०० र भीआईपी प्याराफिटतर्फ एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

यसअघि डिजिटल वालेट खल्तीमार्फत टिकट खरिद गरिसकेका व्यक्तिले रकम फिर्ता पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा