काठमाडौँ । सानिमा बैंक लिमिटेडका ग्राहकहरूले तिहारको अवसरमा बिग मार्टमा विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि) सँग छुटको व्यवस्था गरेको हो ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागू रहने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया