+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफले ल्यायो सन्देशमूलक तिहार भिडियो

सजिलोपाना
२०८१ कार्तिक १६, शुक्रबार

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेर अत्यन्तै मर्मस्पर्शी एवम् सन्देशमूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।

प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भएपनि ज्ञान होस् र हाम्रो मौलिकता युगौंयुगसम्म पनि जीवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको कम्पनीले जनाएको छ ।

तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जीवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडवाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

समय, अवस्था र परिस्थिति जस्तोसुकै भएपनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जीवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोधसमेत गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले तिहार हाम्रो मौलिक पर्व रहेको र यसको सम्बर्धन तथा जगेर्ना गर्ने जिम्मेवारी पनि यसै पिँढीमाथि रहेको हुँदा मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गरे ।

उनले कम्पनीलाई अग्रपंक्तिमा लम्काउनका निम्ति सदैव सुझाव दिने कम्पनीका अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, कम्पनीका ग्राहकहरू, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरु, कम्पनीले लिएको उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति अहोरात्र खट्ने समस्त कर्मचारीहरु, कम्पनीलाई मार्गनिर्देश गर्ने सम्पूर्ण नियामक निकायहरू तथा कम्पनीको प्रगति र उन्नतिमा सदैव सहयोग गर्ने समस्त सरोकारवालाहरू तथा उनीहरूको परिवारमा नेपालीहरूको महान पर्व तिहार, शुभ दिपावली, नेपाल सम्वत एवं छठ पर्वको विशेष उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा