+
Search

ताजा अपडेट +

पपुलर +

निषेधित क्षेत्र तोड्न खोजेपछि रविका समर्थकमाथि अश्रुग्यास प्रहार

सजिलोपाना
२०८१ कार्तिक २०, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सडकमा उत्रेका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा