बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

सजिलो पाना
मंगलवार, कार्तिक २५ २०८२
सजिलो पाना
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल प्रिमियर लिगका लागि बिराटनगर किंग्सको अफिसियल एपेरल पार्टनर बनेको छ। यो रोमाञ्चक साझेदारी मार्फत् गुणस्तर, समर्पण र स्थानीय प्रतिभाप्रति साझा विश्वास राख्ने दुई गर्विला नेपाली ब्रान्डहरू एक साथ आएका छन्।

    डोल्पो आफ्नो उत्कृष्ट डिजाइन, उच्च गुणस्तरीय र पर्फर्मेन्सका लागि उपयुक्त हुने एपेरलका लागि परिचित छ। बिराटनगर किंग्ससँग सहकार्य गर्दै डोल्पोले टिमलाई फील्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ जसले कोशी प्रदेशको गौरवलाई समेत प्रतिबिम्बित गर्नेछ। प्रत्येक जर्सी, ट्रेनिङ किट र अन्य एपेरलहरूले नेपाली उत्कृष्टताको भावना बोक्नेछन्।

    “हामी हाम्रो आफ्नो टिमलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं,” डोल्पोका प्रवक्ताले भने। “बिराटनगर किंग्ससँगको साझेदारी मार्फत् हामी नेपाली प्रतिभालाई सघाउन र घरेलू खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ। यो केवल एपेरलको सहयोग मात्र होइन, यो त घरेलू उत्पादन र खेलकुदप्रतिको गौरव पनि हो।”

    कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिम बिराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा बलियो उपस्थिति जनाउँदै आएको छ। टिमले हालै अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसलाई अनुबन्धन गर्दै बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने संकेत दिएको छ। डोल्पोको समर्थन पाएसँगै अब खेलाडीहरूले प्रत्येक खेलमा आत्मविश्वासका साथ गौरवशाली प्रदर्शन दिनेछन्।

    डोल्पो र बिराटनगर किंग्सबीचको यो सहकार्य स्थानीय उत्पादन, उत्साह र प्रतिभाको उत्सव हो। नेपाली ब्रान्ड र खेलकुद टिमहरू एक साथ आएको खण्डमा देशका लागि साँच्चिकै केहि प्रेरणादायी कार्य गर्न सक्छन् भन्ने उदाहरणको रूपमा यस सहकार्यलाई लिन सकिन्छ।

     

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij