मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

सजिलो पाना
सोमवार, मंसिर १ २०८२
सजिलो पाना
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ।

    पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवम् सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

    यस साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

    पारामाउन्ट मोटर्स प्रा.लि.का महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने ‘लुम्बिनी लायन्ससँग साझेदारी गर्नु हाम्रो लागि एउटा अवसर हो। हामी हाम्रो सवारीहरु मार्फत टिमलाई प्रत्यक्ष एमजी अनुभवका साथ मैदानमा उतार्न पाउँदा अत्यन्तै खुसी छौं।

    एनपीएल यात्रामा मोबिलिटी पार्टनर बनेर सहयात्रा गर्दै सकेको सेवा, सुविधा प्रदान गर्ने कार्यमा हामी सदैव केन्द्रित रहनेछौं।

    यस पहल मार्फत पारामाउन्ट मोटर्सले देशैभर अत्याधुनिक एमजी सवारी अनुभवहरू प्रदान गर्दै खेलकुद लगायत आधुनिक जीबनशैली अनुरुप सेवा,सुविधा प्रदान गर्दै आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij