बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

एनपीएलको टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

एनपीएलको टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

सजिलो पाना
सोमवार, मंसिर १ २०८२
सजिलो पाना
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। दर्शकहरूको अभूतपूर्व उत्साहका कारण उद्घाटन खेलका सम्पूर्ण टिकटहरू ‘सोल्ड आउट’ भइसकेका छन्।

    यसै सन्दर्भमा, जिल्ला प्रहरी परिसर काठमाडौँले आजको खेलका लागि सबै टिकट बिक्री भइसकेकोले टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न अनुरोध गरेकाे छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले भनेको छ, “आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी सम्बन्धित संस्थाबाट प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई आफ्नो अनुकूल स्थानमै रहेर खेल हेर्न, खेलस्थलको बाहिर भीडभाड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।”

    आजको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । फ्लडलाइटमा हुन लागेको यो खेलले क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह जगाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij