काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछ।
लुम्बिनीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
विराटनगर र लुम्बिनी दुवैले आफ्नो छैटौं खेल खेल्न लागेका हुन् । यो खेल जितेमा विराटनगर प्ले–अफ चरणमा प्रवेश गर्नेछ ।




