सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नेपालले इटालीलाई दियो १२४ रनकाे लक्ष्य

नेपालले इटालीलाई दियो १२४ रनकाे लक्ष्य

सजिलो पाना
बिहिवार, माघ २९ २०८२
सजिलो पाना
बिहिवार, माघ २९ २०८२
  • काठमाडौं । भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत दोस्रो खेलमा नेपालले इटालीलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । 

    मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा १ सय २३ रन बनाएर अलआउट भयो । 

    नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहितकुमार पौडेलले २३, आसिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले १७ तथा करण केसीले अविजित १८ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

    इटालीका लागि क्रिशन कालुगामेजले सर्वाधिक तीन, बेन मानेन्टीले दुई, जेजे स्मट्स, अली हसन र जसप्रीत सिंहले एक/एक विकेट लिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij