मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

भौतिक पूर्वाधारदेखि औद्योगिक विकाससम्म: श्रेष्ठको ७ बुँदे योजना

भौतिक पूर्वाधारदेखि औद्योगिक विकाससम्म: श्रेष्ठको ७ बुँदे योजना

सजिलो पाना
सोमवार, चैत्र २३ २०८२
सजिलो पाना
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले आफ्नो ७५ दिने कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

    मन्त्रालयको नेतृत्व सम्हालेको छोटो अवधिमा उनले विकास निर्माणमा रहेका गाँठा फुकाउने, नीतिगत सुधार गर्ने र स्थलगत अनुगमनलाई तीव्रता दिने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेको दाबी गरेका छन् ।

     मन्त्रालयद्वारा सार्वजनिक मंगलबार ५० बुँदे उपलब्धिमा रणनीतिक सडक, पुल निर्माण, नीतिगत सुधार र अन्तर-मन्त्रालय समन्वयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।मन्त्री चौलागाईँको कार्यकालमा वर्षौँदेखि अलपत्र परेका (रुग्ण) २३५ ठेक्कामध्ये ४० वटा ठेक्का तोडिएका छन् भने करिब १५० वटा ठेक्का तोड्ने प्रक्रियामा रहेका छन् ।

    यसै अवधिमा सडक विभागमार्फत १५९ कि.मि. सडक कालोपत्रे भएको छ भने ४६ वटा पुलको निर्माण सम्पन्न भएको छ । यस्तै, नारायणी र बागमती नदीमा आधुनिक 'सिग्नेचर ब्रिज'  निर्माणको काम अघि बढेको छ ।

    यसैगरी पुरानो राष्ट्रिय यातायात नीति, २०५८ लाई प्रतिस्थापन गरी 'राष्ट्रिय यातायात नीति, २०८२ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेश गरिएको छ ।

    विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि नीतिगत अध्ययन, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र डिजिटल मोबिलिटी (राइड शेयरिङ) सम्बन्धी मापदण्ड तयार भएका छन् ।

    विकास निर्माणमा बाधक मानिने वन र वातावरण सम्बन्धी समस्या समाधान गर्न वन मन्त्रालयसँग र बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग विशेष समन्वय गरिएको पनि उनको भनाइ छ । 

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij