काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गर्यो । प्रसाईंलाई पक्राउ गर्न गएका बेला वादविवादसमेत भएको थियो । त्यतिबेला के कारणले पक्राउ गरिएको हो भन्ने प्रहरीले प्रष्ट बताएको थिएन ।
अहिले पनि प्रसाईं प्रहरी हिरासतमै छन् । उनी कुन कसुरमा पक्राउ परेका हुन्, प्रहरीले कुन कसुरमा अनुसन्धान अघि बढाएको छ भन्ने पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले उनले दिएका अभिव्यक्ति लगायतमाथि अनुसन्धान भइरहेको बताए ।
प्रसाईंविरुद्ध म्याद थप भने भइसकेको छैन ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।
वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेको बताइएको छ ।




