सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नयाँ प्रधानन्यायाधीशको शपथ ६:१० बजे

नयाँ प्रधानन्यायाधीशको शपथ ६:१० बजे

सजिलो पाना
मंगलवार, जेठ ५ २०८३
सजिलो पाना
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । नयाँ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको पद तथा गोपनीयताको शपथ आजै मंगलबार साँझ सवा ६ बजे हुने भएको छ । 

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार शर्माको शपथ साँझ ६ बजेर १० मिनेटमा हुनेछ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथको तयारी गरिँदैछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

    मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो ।  मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । 

    समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो । समितिले प्रधानन्यायाधीशका लागि उनको नाम अनुमोदन गर्ने निर्णय भएको बारे राष्ट्रपतिलाई लिखित जानकारी गराइसकेको छ ।

    सोही आधारमा राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेर शपथ दिलाउनेछन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij