काठमाडौं । सभामुख डोलप्रसाद(डीपी) अर्यालले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुगेका हुन्।
संसद्सँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सभामुखबिच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।




