सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न

सजिलो पाना
आइतवार, जेठ २४ २०८३
सजिलो पाना
आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

    ९ वटै जिल्ला सभापतिहरू पुरुष रहेका छन् । काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या र मकवानपुर जिल्ला सभापतिमा सन्जिव पाठक निर्वाचित भएका छन् ।

    बाँकी जिल्लाहरूमध्ये चितवन, रसुवा र ललितपुरमा आज हुँदैछ ।

    सिन्धुपाल्चोकमा शनिवार सुरू भएको अधिवेशन ‘विविध कारण’ले स्थगित भएको रास्वपाले जनाएको छ । स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन ।

    कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जानकारी गराएका छन् । तामाङका अनुसार सभापति पदका लागि पाँच जना आकांक्षी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij