काठमाडौं । पदबाट राजीनामा दिएको ४७ दिनपछि पुन: गृहमन्त्रालयको नेतृत्व सम्हाल्न आइपुगेका सुधन गुरुङले मंगलबार साढे ४ बजे शपथ लिने भएका छन्।
उनीसहित स्वतन्त्र सांसद् महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। उनीहरू दुईजनाको शपथ ३ बजे हुने भनिएकामा साढे ४ बजेलाई सरेको हो।
राष्ट्रपति कार्यालयले यसको पुष्टि गरेको छ। उनीहरूलाई मन्त्री बनाउन प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार राष्ट्रपति कार्यालयमा सिफारिस गरेका हुन्।




