सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

अर्थमन्त्रीले संसद्‌लाई धम्की दिएको भन्दै नेकपाको आपत्ति

अर्थमन्त्रीले संसद्‌लाई धम्की दिएको भन्दै नेकपाको आपत्ति

सजिलो पाना
शुक्रवार, जेठ २९ २०८३
सजिलो पाना
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा संसाद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । 

    उनले भने,‘हामीले अर्थमन्त्री ज्युलाई शंंकाको लाभ दिएकै थियौं, हाम्रो दलको तर्फबाट । हामी यहाँ संसद्‌मा विभिन्न समय शून्य समय, विशेष समय केही कुराहरू उठिराखेका थिए ।

    हिजै मात्र सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलको क्रममा सैद्धान्तिक छलफलका क्रममा जसरी अर्थमन्त्री ज्युले जवाफ दिनुभयो त्यसमा संसद्को अवमूल्यन भएको छ । समितिको अवमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोसिस भएको छ । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’

    कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनले बताए । अर्थमन्त्रीले संसद्को मानहानी गरेको उनको भनाइ छ ।

    ‘अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर खुलमखुला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । उहाँले धम्की दिँदै गरेकै हो, के गर्छौं भन्नुभएको छ । संसद्को मानहानी भएको छ,’ उनले भने ।

    यसैगरी उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हट्नुपर्ने बताएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij