सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

ज्ञानेन्द्र शाही :भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ

ज्ञानेन्द्र शाही :भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफूहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

    बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

    उनले संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।

    शान्तिबाटीकामा आफूहरुको कार्यक्रम शान्तिपूर्ण हुने शाही बताउँछन् । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्नेसमेत उल्लेख गरे ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij