काठमाडौं। Pioneer Moto Corp ले नयाँ अर्बन SUV CHERY Q को डेलिभरी काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरु गरेको छ। ४१.२ kWh ब्याट्री, ४०० किमी रेन्ज, १८५ mm ग्राउन्ड क्लियरेन्स, ७० लिटरको फ्रङ्क र २० भन्दा बढी ADAS सुविधाहरूले सुसज्जित यस अवार्ड-विजेता CHERY Q ले नेपाली ग्राहकहरूलाई आधुनिक र प्रविधियुक्त विद्युतीय सवारीको उत्कृष्ट अनुभव प्रदान गर्दछ।
नेपालमा CHERY सवारीसाधनको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफ्नो नयाँ अर्बन SUV CHERY Q को डेलिभरी काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।
सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित CHERY Q मा ४१.२ kWh क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी ADAS (Advanced Driver Assistance Systems) सुविधाहरू रहेका छन्।
आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन SUV ले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ।




