आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ। ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो।

    जून २ तारिखबाट सुरु भएको उक्त प्रतिस्पर्धामा ३२४ टिमबाट १,६२० खेलाडी सहभागी भएका थिए। छ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए। अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा फोर डेथ मेशिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, बाघ ई–स्पोर्ट्स, दाइ ई–स्पोर्ट्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ (एनजी), आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच ई–स्पोर्ट्स र ह्वाइट डेविल्स रहेका थिए।

    ई–स्पोर्ट्स हब तथा टेनेट्सको सहकार्यमा सम्पन्न ‘वेस्टमिन्स्टर शोडाउन २०२५’ कार्यक्रमअन्तरगत यी टिमहरूले जुन ८ देखि १० सम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए।

    सोही खेलहरूमा बाघले १३२ अंक ल्याउँदै उपाधि जित्न सफल भयो । उपाधिसँगै बाघले नगद ५०,००० रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ। नेपाल गेमिङ (एनजी) ले १२६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दै २०,००० रुपैयाँ जित्दा, बीएसीले १२४ अंकका साथ तेस्रो स्थान हासिल गरी १०,००० रुपैयाँ प्राप्त गर्यो।

    फ्यान फेभरेट टिम घोषित भएको बाघले थप ६,००० रुपैयाँ प्राप्त गरेको छ। त्यसैगरी, ‘विनर विनर चिकेन डिनर’ जित्ने टिमहरूलाई कुल ९,००० रुपैयाँ प्रदान गरिएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी फोर डेथ मेशिन्सका आदित्य घोषित भए। उनले नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

    कार्यक्रम बारेमा प्रतिक्रिया दिँदै कलेजका हेड अफ एडमिशन एण्ड मार्केटिङ गोविन्द देव बल्लभ अधिकारीले भने, यस्ता प्रतिस्पर्धा केवल मनोरञ्जनका लागि मात्र होइन, लिडरशिप, टीमवर्क र आत्मविश्वास विकास गर्ने एउटा माध्यम हो। वेस्टमिन्स्टर शोडाउन २०२५ ले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij