आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

संसद्को शिक्षा समिति बैठकमा लफडा,बैठकबाटै उठेर हिँडे कांग्रेस प्रमुख सचेतक घिमिरे

संसद्को शिक्षा समिति बैठकमा लफडा,बैठकबाटै उठेर हिँडे कांग्रेस प्रमुख सचेतक घिमिरे

सजिलो पाना
आइतवार, आषाढ २२ २०८२
सजिलो पाना
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । आइतबार संसद्को शिक्षा समिति बैठकमा लफडा भएको छ । समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले थप समय माग गरेपछि समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा लफडा भएको हो । माओवादी सांसद रेखा शर्माले कुनै पार्टीको ह्विप मान्न समिति तयार नरहेको बताइन् । 

    उनले अहिलेसम्म सहज रूपमा समिति अघि बढिरहेको अवस्थामा आज आएर समितिमा दलको ह्विप लाग्ने काम भइरहेको बताइन् ।

    'उपसमितिले यसअघिको बैठकमा उपसमितिको प्रतिवेदन लक गरिएको भनेको थियो । आज आएर फेरि थप समय माग गरिएको छ। हामीलाई कुनै दलको ह्विप लगाउने काम नहोस्। हामी कसैको ह्विप मान्न तयार छैनौ,'शर्माले भनिन् । 

    त्यही बेला समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक घिमिरे आक्रोशित भए । समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरेपनि घिमिरे भने उठेर हिँडेका हुन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij