मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

ब्रिटिस कलेजले ‘ छैटौं ब्रिटिस कप' इन्टर कलेज फुटसल प्रतियोगिता गर्दै

ब्रिटिस कलेजले ‘ छैटौं ब्रिटिस कप' इन्टर कलेज फुटसल प्रतियोगिता गर्दै

सजिलो पाना
शुक्रवार, भाद्र ६ २०८२
सजिलो पाना
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले ' छैटौं ब्रिटिस कप- २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्टको आयोजना गर्ने भएको छ।

    यस प्रतियोगितामा पहिलो पटक दुई अलग-अलग डिभिजन समावेश गरिएको छ।  यही अगस्ट २५ देखि २९ सम्म  बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा प्रतियोगिताको आयोजना हुने भएको हो।

    सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरुले सहभागिता जनाउने भएका छन्।

    यस पटक +२ कलेजहरू  अन्तर्गत  नाइटिङ्गेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, भृस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल कलेज, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप, मनास्लु +२ले  प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

    त्यस्तै स्नातक कलेजहरू अन्तर्गत विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज (BPC), द वेस्टमिनिस्टर कलेज (TWC), थेम्स कलेज, सफ्टवैरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथएम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौं
    बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेजले सहभागिता जनाउने छन् । 

    प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि  ५ हजार
    रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मको नगद पुरस्कारले सम्मान गरिनेछ। 

    मुख्य प्रायोजकहरू:

    Title Sponsor: Empire Education and Visa Services
    Adventure Partner: Babu Adventure
    Hospitality Partner: Godavari Village Resort
    Entertainment Partner: QFX Cinemas
    Nutrition Partner: Hilife Foods

    Supporting Partner: Inside Sports
    Smartphone Partner: Honor

    ब्रिटिस कलेजका मार्केटिङ हेड/प्रमुख अमरदीप मण्डलले छैटौं संस्करणको प्रतियोगिता गर्न पाउँदा आफूहरु निकै खुसी भएको बताएका छन्।

    यस प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र स्पोर्टसम्यानसिपलाई प्रोत्साहित गर्नु रहेको बताउँदै उनले नयाँ +२ डिभिजन थपिएकोमा खुसी व्यक्त गरे। उनले भने, “यसपटक +२ डिभिजन थप गरेर हामीले थप विद्यार्थीहरूलाई यो प्रतियोगितामा सहभागी हुने अवसर दिएका छौं।

    हामीले प्रतियोगितालाई अझै परिष्कृत गर्दै लगेका छौँ र यसको सफल आयोजनाका लागि सहयोग गर्नुहुने सबै प्रायोजक, सहभागी टिम र कलेजका सहकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु।” उनले प्रतियोगिता स्थलमा उल्लेख्य सङ्ख्यामा दर्शकको उपस्थिति रहने पनि आशा व्यक्त गरेका छन्।

    खेलसम्बन्धी लाइभ अपडेट, तालिका र हाइलाइटहरूका लागि द ब्रिटिस कलेजको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलहरू @thebritishcollege र @tbcsportsclub लाई फलो गर्न सकिन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij