शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

म जन्मेको जन्मभूमि

म जन्मेको जन्मभूमि

सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
  • ध्रुव प्रसाद ढकाल

    म जन्मेको जन्मभुमी

    म हुर्केको कर्म थलो पहिले जस्तै छ होला कि अहिले भिन्दै भयो होला

    सहरको कोलाहालमा रुमलिँदै छु म अहिले

    मेरो प्यारो गाउँले जीवन आज काता गयो होला

    सिमसिम पानी परिरहँदा आमा र बा कुरा गर्दै

    गहिरी पाटो धान छरेर कति घैया सारे होला

    मेरै कर्म बुढा बाले किनेका ती हल गोरूलाई

    टारी खेत जोत्ने बेला को को मिली नारे होला

     

    स्कुल जाँदा कहिले कहिले पिंग खेल्ने बरको हाँगो

    अहिले पनि छ होला कि सिंगै रुख ढले होला

    मेरा हातले रोपेका ती आँप कटहरका बोटहरु

    ठुलो बनि हुर्किएर कहिले देखि फले होला

     

    मैले घर छाडेपछि सधैँ पढ्ने कोठा भित्र

    मुसाले घर बनायो कि माकुराले भरे होला

    मैले पालेको सुगा चरी चारो पानी खान नपाई

    साथी साथी भन्दैछ कि पिंजडा मै मरे होला

     

    म जन्मेको जन्मभुमी म हुर्केको कर्म थलो

    पहिले जस्तै छ होला कि अहिले भिन्दै भयो होला

    पर गाउँकि ठुलि संग भर्खर माया बस्दै थियो

    मैलाई कुरिराकि छेकि अन्तै बिहे गरिहोली

     

    गोधुलीमा उ र मैले भेट्ने ठाँउ भिन्दै थियो

    साँझ पख पात बजाउँदै कति दिन झरी होली

    चाडपर्वमा साथीभाई एकआपसमा जम्मा भै

    च्यानडाँडामा लट्ठारे पिंग हाल्दैछन् कि छाडे होला

     

    महिनै पिच्छे पाँच रुपैंया जम्मा गर्ने हाम्रो बचत

    अहिले सम्म चल्दैछ कि भाईभाईले नै बाँडे होला

    मन्दिरको खरको छानो हुरी बतासले उडाउँदा फेरि

    खरले छाए कि त टिनको छानो हालेहोला

     

    आफ्नो गाउँ घर सम्म मोटर बाटो लेराउनलाई

    भर्खर हल्ला चल्दै थियो कहिले देखि थालेहोला

    युद्धकालमा भत्केको त्यो गण्डकीको झोलुङ्गे पुल

    लथालिङ्गै छ होला कि अहिले नया हालेहोला

     

    छुवाछुत र बोक्सि प्रथा हट्छ भन्ने कुरा थियो

    कुरै मात्र भयो कि त जरै उखालेर फालेहोला

    म जन्मेको जन्मभुमी म हुर्केको कर्म थलो

    पहिले जस्तै छ होला कि अहिले भिन्दै भयो होला

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij