मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

एनपीएलको दोस्रो सिजनका लागि फाफ डु प्लेसिस विराटनगर किंग्समा सामेल

एनपीएलको दोस्रो सिजनका लागि फाफ डु प्लेसिस विराटनगर किंग्समा सामेल

सजिलो पाना
आइतवार, कार्तिक १६ २०८२
सजिलो पाना
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (एनपीएल) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।

    फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएलको फ़्रेन्चाइज आरसीबीलाई नेतृत्व गरेको अनुभव छ।

    उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले विराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

    ‘फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलको लागि गर्वको कुरा हो। उनको आगमनले विराटनगर किंग्स र एनपीएलको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्’( दिपेन्द्र चौधरी (टिम डाइरेक्टर)दे भने । 

    ‘फाफ डु प्लेसिसको आगमनले विराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै एनपीएललाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ। अब विराटनगर किंग्स फाफ डु प्लेसिसको साथमा एनपीएल सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij