मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुनः मार्टिन गुप्टिल

नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुनः मार्टिन गुप्टिल

सजिलो पाना
सोमवार, कार्तिक १७ २०८२
सजिलो पाना
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि न्युजिल्याण्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ।

    गुप्टिल आधुनिक क्रिकेटका सबैभन्दा परिचित नामहरूमध्ये एक हो, जो इनिंगको शिर्षमा आफ्नो विष्फोटक ब्याटिंग र सीमित ढाँचामा प्रभुत्व जमाउने क्षमताको लागि परिचित छन्।

    गुप्टिलको लामो र सफल करियरमा उनी आईसीसी विश्वकप र टी-२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्युजिल्याण्डका लागि एक प्रमुख खेलाडी भएका छन्। २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको किर्तिमान तोड्ने दोहोरो शतक आधुनिक एकदिवसीय क्रिकेटको सबैभन्दा अविष्मरणीय क्षणहरू मध्ये एक हो।

    विभिन्न फर्म्याटहरूमा हजारौं अन्तर्राष्ट्रिय रन बनाएका गुप्टिलले सीप मात्र नभई शान्त स्वभाव र नेतृत्व पनि मैदानमा ल्याउँछन्। इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लगायत विश्वभरका फ़्रेन्चाइज लिगहरूमा उनको अनुभवले उनलाई एनपीएल तथा विराटनगर किङ्सलाई अवश्य मद्धत पुग्नेछ।

    विराटनगर किङ्सका लागि गुप्टिलको आगमनले ब्याटिंग लाइनअपलाई बलियो तथा पावरप्लेको समयमा टोलीलाई आक्रमकता दिनेछ। सिजनभरि इनिंग्स एंकर गर्ने र खेल समाप्त गर्ने उनको क्षमता महत्त्वपूर्ण हुनेछ।

    फ्यानहरूले उनको ट्रेडमार्क छक्का, रचनात्मक साझेदारी र म्याच विनिंग प्रदर्शनले नेपालको सबैभन्दा ठूलो क्रिकेट मंचलाई फेरि एकपटक उज्यालो बनाएको हेर्न उत्सुक छन्।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij