काठमाडौं । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् ।
र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौंलाई सहजै हराएको थियो ।
यस पट्क पनि जनकपुरले काठमाडौंलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौँ पनि अघिल्लो संस्करणको हारको बदला लिँदै जित हासिल गर्न चाहन्छ ।



