मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

इन्ड्राइभ र नेपाल प्रिमियर लिगबीच सम्झौता

इन्ड्राइभ र नेपाल प्रिमियर लिगबीच सम्झौता

सजिलो पाना
सोमवार, मंसिर १ २०८२
सजिलो पाना
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । 

    यो साझेदारीले नेपालको सबैभन्दा ठुलो र लोकप्रिय टी२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड शेयरिंग एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको छ । यस साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

    नेपाल प्रिमियर लिगसँगको सहकार्य इनड्राइभका लागि ब्राण्ड भिजिबिलिटी र समुदायसँगको सम्बन्धलाई अझ बलियो पार्ने रणनीतिक कदम पनि हो । नेपालको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितासँग जोडिँदै इनड्राइभले स्थानीय पहलहरुलाई समर्थन गर्ने र समान अवसर सिर्जना गर्ने आफ्नो उद्देश्यलाई निरन्तर पूरा गर्दै आएको छ । यो साझेदारीमार्फत इनड्राइभले निष्पक्षता, पहुँचयोग्यता र समुदायको विकासमा आफ्नो प्रतिबद्धता देखाएको छ र नेपालको सबैभन्दा विश्वासिलो र लोकप्रिय राइड–हेलिङ सेवाको हैसियतमा  आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ ।

    इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन्, “नेपाल प्रिमियर लिग  जस्तो  नेपालको प्रतिष्ठित एवं ठुलो क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौँ । क्रिकेटले देश तथा विदेशमा छरिएर रहेका समस्त जनतालाई एकताबद्ध गर्छ र यस साझेदारीले हामीलाई त्यो अद्भुत ऊर्जा भित्र रहने मौका दिएको छ, साथै सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्छ । इनड्राइभको निष्पक्ष व्यवसाय मोडलले पारदर्शिता, स्वतन्त्रता र मूल्यमार्फत मानिसलाई सशक्त बनाउँछ, जुन क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग पूर्ण मेल खान्छ । हामी यस सिजनलाई अझ रोचक, पहुँचयोग्य र स्मरणीय बनाउने आशा गर्दैछौँ ।”

    नेपाल  क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले इनड्राइभलाई एनपीएल परिवारमा स्वागत गर्दै भने, “इनड्राइभलाई हाम्रो आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सहज पहुँच पुर्र्याउने बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता र खेलको भावना प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य मेल खान्छ । इनड्राइभको सहभागिताले यस सिजनको फ्यान अनुभवलाई अझ समृद्ध र उत्साहजनक बनाउनेछ भन्नेमा हामी विश्वास गर्छौं ।”

    इनड्राइभ र एनपीएल बीचको साझेदारीले समुदाय–केन्द्रित कार्यक्रम, गर्व, सहकार्य र समान पहुँच प्रवद्र्धन गर्ने आफ्नो दिगो प्रतिबद्धता पुष्टि गरेको छ । स्थानीय ड्राइभर पार्टनरलाई सशक्त बनाउँदै, मोबिलिटी सुविधा सुधार गर्दै र राष्ट्रिय खेलकुद कार्यक्रमलाई समर्थन गर्दै इनड्राइभ मैदानभित्र र बाहिर दुवै ठाउँबाट समुदायको विकासमा सक्रिय छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij