मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

एनपीएलमा विराटनगर किंग्सको इन्टरनेट एक्सपिरियन्स पार्टनर बन्यो सुबिसु

एनपीएलमा विराटनगर किंग्सको इन्टरनेट एक्सपिरियन्स पार्टनर बन्यो सुबिसु

सजिलो पाना
सोमवार, मंसिर १ २०८२
सजिलो पाना
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किंग्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ। 

    एक कार्यक्रमबीच सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

    एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेबाट सुरु हुँदैछ। एक महिनासम्म चल्ने यस प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ।

    ‘राष्ट्रिय टिमका खेलाडी सन्दिप लामेछाने, प्रतिश जिसी लगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा  जोडिन पाउँदा हामी निकै उत्साहित छौं,’  सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान भन्छन्, ‘यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तरत सहकार्य र प्रतिवद्धता दर्शाएको छ।’

    प्रधानले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अगी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे।

    कार्यक्रममा विराटनगर किंग्सका तर्फबाट बोल्दै बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताए। उनले यो सहकार्यले नेपालको खेलकुद विकासको प्रयासमा सुबिसु जस्ता कम्पनीले देखाएको विश्वासले थप दृढ बनाएको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij