काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।
काठमान्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ ।



