मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

केपी ओली र रमेश लेखक हाजिरी जमानीमा छुटे

केपी ओली र रमेश लेखक हाजिरी जमानीमा छुटे

सजिलो पाना
बिहिवार, चैत्र २६ २०८२
सजिलो पाना
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हाजिरी जमानीमा छुटेका छन् ।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परे हाजिर हुने सर्तमा ओली र लेखकलाई आफन्तको जिम्मेवारीमा छोडिएको हो ।

    सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि ओलीलाई  श्रीमती राधिका शाक्य र लेखकलाई श्रीमी यशोदा जोशी लेखकको जिम्मामा छाडेको हो ।

    ओली र लेखकको परिवारले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा हालेका थिए । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो । अदालतले नै अब म्याद थप नगर्न भनेपछि उनीहरू थुनामुक्त भएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij