बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

बजेट घोषणापछि लिपमोटरको बुकिङ र डेलिभरीमा वृद्धि

बजेट घोषणापछि लिपमोटरको बुकिङ र डेलिभरीमा वृद्धि

सजिलो पाना
आइतवार, आषाढ १४ २०८३
सजिलो पाना
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । बजेट घोषणापछि सांग्रिला मोटर्सद्वारा नेपालमा आधिकारिक रूपमा वितरित लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभी बी १० र सी १० को ग्राहक बुकिङ तथा डेलिभरी बढेको छ ।

    ‘उच्च मागले बजारमा ठूलो संख्यामा नयाँ अर्डर र तीव्र रूपमा गाडी डेलिभरी गराएको छ, जसले प्रतिस्पर्धी नेपाली बजारमा लिपमोटरको सुरक्षा, रेन्ज र मूल्यको उत्कृष्ट संयोजनप्रति उपभोक्ताहरूको बढ्दो रोजाइलाई झल्काउँछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

    ब्रान्डको हालको यो उत्साहजनक गति यसका उत्कृष्ट उत्पादनहरूका कारण सम्भव भएको कम्पनीको दाबी छ ।

    प्रिमियम लक्जरी एसयूभीको उत्कृष्ट ड्राइभिङ अनुभूतिका लागि सी १० उपलब्ध छ । त्यस्तै बी १० मा आकर्षक मूल्य ५४.९९ लाख (पहिलेको ६० लाख रुपैयाँबाट ५ लाख रुपैयाँ घटाइएर) उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

    ‘यी दुवै प्रिमियम एसयूभी प्रतिष्ठित यूरो एनक्याप ५ स्टार सेफ्टी रेटिङ प्राप्त गाडीहरू हुन् जसले यात्रुहरूलाई विश्व–स्तरीय सुरक्षाको प्रत्याभूति दिन्छन्’ कम्पनीले भनेको छ, ‘यसका साथै बी १० मा ६०० किलोमिटरको सीएलटीसी रेन्ज, सपेर टायर साथै अन्य थुप्रै फिचर छन्, जसले गर्दा यो दैनिक यात्रा तथा लामो दूरीका यात्राहरूका लागि भरपर्दो साबित हुन्छ ।’

    आगामी दिनमा नेपाली बजारमा नयाँ मोडल लिपमोटर ‘बी ओ थ्री’ ल्याउने प्रतिबद्धता कम्पनीले जनाएको छ । साथै ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै भरपर्दो इलेक्ट्रिक गाडीहरू उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij