काठमाडौं । ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ मल्टि–ब्रान्ड शो रुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । ललितपुरको सबैभन्दा प्रमुख र सहज पहुँच भएको स्थानमध्ये एक कुमारीपाटीमा रहेको यो नयाँ शो रुमले सेल्स, सर्भिस र स्पेयर्स (३५) सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गर्ने गरी डिजाइन गरिएको छ ।
यो नयाँ शो रुमसँगै ट्रायम्फले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाएको छ । कम्पनीको नेपालमा यो सातौँ शो रुम हो । आउँदा दिनमा थप स्थानमा शो रुम विस्तार गर्ने कम्पनीको योजना छ ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरीका डीएसपी सुनीलजंग शाहले नयाँ शो रुमको उद्घाटन गरेका थिए । यो शो रूम मोटरसाइकल पारखीका निम्ति एक विशिष्ट मल्टि–ब्रान्ड गन्तव्यका रूपमा स्थापना गरिएको छ । यहाँ ट्रायम्फको प्रिमियम बेलायती मोटरसाइकल परम्परा र केटीएमको विश्व प्रसिद्ध मोटरसाइकल मोडेलहरु एउटै छानामुनि अनुभव गर्न सकिन्छ ।
यो शो रूम ग्राहकलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज, भरपर्दो र उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको हो ।
कार्यक्रममा बोल्दै बाइकर्स डिपोका सञ्चालक सतीश श्रेष्ठले भने, “ललितपुरका राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव प्रदान गर्ने उद्देश्यका साथ ट्रायम्फ र केटीएमलाई अझ नजिक ल्याउन पाउँदा हामी निकै गर्व महसुस गरेका छौँ । बिक्री, सर्भिस र स्पेयर्सको सम्पूर्ण सुविधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट प्रदर्शन, गुणस्तर र मोटरसाइकलप्रतिको लगावलाई महत्त्व दिने प्रत्येक राइडरका लागि भरपर्दो गन्तव्य बन्ने हाम्रो लक्ष्य हो ।”
शो रूम उद्घाटनका अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “ललितपुरमा नयाँ शो रुम सञ्चालनमा ल्याउनु हाम्रो लागि केवल गर्व मात्र होइन, नेपालभरका राइडरहरूसम्म ट्रायम्फको प्रिमियम अनुभव अझ सहज रूपमा पुर्याउने महत्त्वपूर्ण प्रयास पनि हो । मोटरसाइकलप्रेमीहरूको बढ्दो विश्वास र उत्साहलाई ध्यानमा राख्दै हामी गुणस्तरीय सेवा र विश्वस्तरीय मोटरसाइकलिङ अनुभवलाई देशका विभिन्न स्थानसम्म विस्तार गर्न प्रतिबद्ध छौँ ।”
यो विस्तारसँगै ट्रायम्फ र केटीएमले नेपालभरका राइडरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन् । उत्कृष्ट सेवा, सहज पहुँच र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै यी ब्रान्डहरूले मोटरसाइकल मात्र नभई सम्पूर्ण मोटरसाइकलिङ संस्कृतिलाई प्रवर्दन गर्ने लक्ष्य लिएका छन् ।
बाइकर्स डिपो ललितपुरका निम्ति ट्रायम्फ र केटीएमको आधिकारिक शो रूम पार्टनर हो । यहाँ मोटरसाइकल पारखीलाई प्रिमियम मोटरसाइकल, जेन्युइन स्पेयर्स, व्यावसायिक सर्भिस तथा खरिददेखि बिक्रीपछिको सेवासम्मको उत्कृष्ट अनुभव प्रदान गरिनेछ ।



