काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि चन्द्रागिरीस्थित भालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड देखिएको छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा र दर्शन गरे मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। भालेश्वर मन्दिरसहित देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ।






