शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

देशमै संघर्ष गरिरहेका युवाहरूकाे प्रयास, समाजको यथार्थतामा आधारित सिरियल 'टुहुरी नातिनी' सार्वजनिक

देशमै संघर्ष गरिरहेका युवाहरूकाे प्रयास, समाजको यथार्थतामा आधारित सिरियल 'टुहुरी नातिनी' सार्वजनिक

सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । केही समय यता नेपाली बजारमा धेरै किसिमका सिरियलहरु बनेका छन्।

    यस भन्दा अघि देखिएको र देखाइएको कथा वस्तुहरूभन्दा फरक तर समाजको एउटा वर्गले भोगिरहेको शोषण नयाँ सिरियल टुहुरी नातिनीमा देखाउन खोजिएको छ ।

    यस सिरियलका निर्माता हुन् सुरेन्द्र खड्का । उनले नेपालमा भविष्य सुरक्षित बनाउन कल कारखाना संचालन गरे, नाम चिनीएका ठुला निर्देशकहरू संग सहकार्य गरे, चलचित्रमा समेत अभिनय गरेर छुट्टै आफ्नै पहिचान सहित नयाँ सिरियल लिएर आएका छन् ।

    टुहुरी नातिनी सिरियलको कथा वस्तु नबिन श्रेष्ठले तयार पारेका हुन् । धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका उनले लेखन, निर्देशन, छायांकन सम्पादन समेत गर्छन् ।

    कथाले मागेका र कथालाई न्याए पुर्याउन सक्ने कलाकार जुरेको र छायांकन स्थल पनि उत्तम भएको निर्माताको भनाइ छ । 

    यस सिरियलमा कलाकार प्रमिला परियार, रश्मी भट्ट, भगवान भण्डारी, सुरेन्द्र खड्का, बिना खड्का, बिनोद श्रेष्ठ, प्रकाश श्रेष्ठ, रोशन बस्नेत,रामजी अधिकारि, देवी खत्री, शृष्टि जोसी, सन्तोष खतिवडा, बिनु रोकाय लगायतका कलाकारहरु भुमिकारहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij